७१औँ प्रहरी दिवस २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय इलामको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दसहित सिनियर तथा जुनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

