७१औँ प्रहरी दिवसको अवसरमा बारामा रक्तदान कार्यक्रम सम्पन्न, ४५ जनाद्वारा रक्तदान
७१औँ प्रहरी दिवस २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रहरी कर्मचारी तथा स्थानीय भद्रभलादमी गरी ४५ जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रम प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

