७१औँ प्रहरी दिवस २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाजुराको परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक नरेशबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा कार्यालय परिसरमा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ र सुन्दर वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

