सशस्त्र प्रहरी परिवार महिला सङ्घद्वारा मानवीय सेवाका लागि आर्थिक सहयोग हस्तान्तरण
समाजसेवामा निरन्तर सक्रिय सशस्त्र प्रहरी परिवार महिला सङ्घले मानवीय सेवाका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।
सङ्घलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका विभिन्न आयमूलक गतिविधिबाट सङ्कलित रकम सङ्घकी अध्यक्ष श्रीमती सावित्री कुमारी जैसीले एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ।
उक्त रकम भोटेकोशी बाढीमा बेपत्ता सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारजन, बेपत्ता पूर्वसशस्त्र प्रहरी कर्मचारीका परिवारजन, घाइते पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा विपद् प्रकोप राहत कोषका लागि प्रदान गरिएको हो।
सङ्घको यस पहलले सामाजिक उत्तरदायित्व, मानवीय सहयोग र विपद्मा परेका परिवारप्रतिको सहानुभूति तथा सहयोगको भावनालाई थप सुदृढ बनाएको छ।

