७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयको परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा एसएसपी प्रभुप्रसाद ढकाल, वरिष्ठ प्रहरी अधिकृत, कनिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीसहित करिब ८० जनाको सहभागिता रहेको थियो।
“एक प्रहरी, एक बिरुवा” अभियानअन्तर्गत विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको उक्त कार्यक्रमले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा पर्यावरणीय सन्तुलन कायम राख्न सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।

