७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा रोपिएको थियो।

