प्रहरी नायब निरीक्षक मोहन बि.क.लाई विदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीमा कार्यरत प्रहरी नायब निरीक्षक मोहन बि.क. जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा भई जाने भएपछि उहाँको सम्मानमा ‘विदाई तथा फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) को पत्रादेशअनुसार गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखरामा दरबन्दी रहेको प्रहरी नायब निरीक्षक बि.क. जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रवाना हुन लाग्नुभएको हो।
उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा उहाँले कार्यालयमा कार्यरत रहँदा पुर्याउनुभएको उत्कृष्ट योगदान, कर्तव्यनिष्ठा र लगनशीलताको कदर गर्दै खादा तथा मायाको चिनो प्रदान गरी विदाई गरिएको थियो।
कार्यक्रममा प्रहरी उपरीक्षक काफ्लेले उहाँको आगामी कार्यकाल सफल, उपलब्धिमूलक र सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

