७१औँ प्रहरी दिवसको अवसरमा कपनस्थित केन्द्रीय विशेष कार्यदलमा २५० बिरुवा रोपियो
७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपन, काठमाडौंमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यदलको समन्वयमा बुधबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको उपस्थितिमा कार्यालय परिसरभित्र विभिन्न प्रजातिका २५० वटा बिरुवा रोपिएको हो।
वृक्ष तथा परिधि संरक्षण कार्यालय, हात्तीसार, काठमाडौंको सहयोगमा प्राप्त बिरुवामध्ये अम्बा ८०, मेवा ५०, कपुर ५०, चाँप ३०, धुपी २५ र कागती १५ वटा रोपिएको कार्यदलले जनाएको छ।
प्रहरी दिवसको अवसरमा असोज २८, २९ र ३० गते विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत वृक्षारोपण गरिएको हो। यस कार्यक्रमले कार्यालय परिसरको हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

