प्रहरीका दुई कार्यालयबीच आर्थिक वर्ष २०८३/०८४ को कार्यसम्पादन करार सम्पन्न
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्कीका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारी र नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा, तनहुँका गण प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेश थापाबीच आर्थिक वर्ष २०८३/०८४ का लागि कार्यसम्पादन करार सम्पन्न भएको छ।
करारमार्फत निर्धारित लक्ष्य हासिल गर्ने, कार्यसम्पादनलाई प्रभावकारी बनाउने तथा प्रहरी सेवालाई थप व्यवस्थित र परिणाममुखी बनाउने विषयलाई प्राथमिकता दिइएको छ।

