ज्ञानेन्द्र थापा बेलौरी : बैतडीमा विद्यालयबाट घर फर्किने क्रममा लडेर बालिकाको मृत्यु भएको छ ।
जिल्लाको सिगास गाउँपाकिला वडा नं १ माणौ टोलका पदमसिंह धामीकी करिब ९ वर्षिय छोरी हेमन्ती धामीको विद्यालयबाट घर फर्किने बेला लडेर मृत्यु भएको स्थानीय मान सिंह धामीले जानकारी दिए ।
![]()
हेमन्ती सोमबार दिउँसो साथीहरु संगै विद्यालयबाट घर फर्कने क्रममा गडान खरफागला भएको ठाउँमा सल्लापिरोलमा चिप्लीएर तल रहेको सडकमा खस्दा गम्भिर घाईते भएकी थिइन् ।
लडेर सडकमा खसेपछि गम्भीर भएकी उनको घर पुर्याउदा मृत्यु भएको बताइएको छ । हेमन्ती वडाकै पञ्चोदय माविमा कक्षा १ मा अध्यानरत
थिइन् ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


