ज्ञानेन्द्र थापा बेलौरी: कञ्चनपुरको लालझाडी गाउँपालिकामा सोमबार दिउँसो एक घरमा आगलागी भएको छ।
जिल्लाको लालझाडी गाउँपालिका– ४ डाडाजाईका रथि सार्कीको भुईतले काठले बनेको,टायल र खरले छाएको चार कोठे घरमा आगलागी भएको हो। घरमा आगलागी हुँदा अन्नपात, लुगाकपडा, काठपात, नगद ७८ हजारसहित अन्दाजी दुई लाख २० हजार बराबरको सामानहरु जली नष्ट भएको छ।
![]()
उक्त घरको नजिकै रहेको गोठमा बाधेको एउटा भैसी सामान्य जलेको छ। आगलागी प्रहरी र स्थानियहरुको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

