काठमाडौंः पूर्वन्यायाधीश भुवन गिरीमाथि काठमाडौं जिल्ला अदालतमा जुत्ता प्रहार भएको छ।
![]()
गिरीलाई अदालतभित्रै उनको श्रीमती आरती गिरीले जुत्ता प्रहार गरेकी हुन्। बैबाहिक बलात्कारको मुद्दामा पेशी बुझन आएका पूर्वन्यायाधीश गिरीलाई जुत्ता प्रहार गरेकी थिइन्। आरती पनि पेशी बुझन आएकी थिइन्। उनले जुत्ता प्रार गरेपछि प्रहरीले अदातलबाट बाहिर निकालेर गेट बाहिर राखेको थियो। गिरीले रुँदै राज्यले बलात्कारीलाई सेवा गरेको गुनासो गरिन्।
![]()
उनले श्रीमानविरुद्ध केही समय अघि बैबाहिक बलात्कारको मुद्दा हालेकी थिइन्। यसअघि पनि आरतीले न्यायको माग गर्दै श्रीमानविरुद्ध विरोध गर्दै आएकी थिइन्। गिरी गत चैत २८ गते पक्राउ परेका थिए। गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन्।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


