बेलौरी: कैलालीमा बस र ट्रक एक आपसमा ठोकिएर १५ जना घाईते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका( १० घुम्ती भाकलमा एक आपसमा बस र ट्रक ठोकिएर दुर्घटना हुदा १५ जना घाईते भएका हुन्।
प्रहरीका अनुसार ट्रक चालकको अवस्था गम्भीर रहेको छ । उनको खुट्टा समेत भाँचिएको छ ।
![]()
पूर्वबाट पश्चिम तर्फ गईरहेको सुपप्र ०१००१ख २७५९ नम्बरको ट्रक र पश्चिम बाट पूर्व तर्फ जादै गरेको म १ ख ९०९ नम्बरको बस आज दिउसो पहलमानपुरको घुम्ती भाकलमा बस र ट्रक एक आपसमा ठोकिएका हुन् । दुर्घटनामा गाडी चालकहरु समेत घाईते भएका छन् ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


