बेलौरी: प्रहरीले आज कैलाली कारागारभित्र ब्राउन सुगर पुर्याउने एक महिलालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-३ मिलन चोककी ५० वर्षीया कमलादेवी अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
![]()
जिल्ला कारागार कैलालीमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका आफ्ना २१ वर्षीय छोरा ओमप्रकाश अवस्थीलाई भेट्न आएकी उनले बिस्कुटभित्र लुकाएर लागुऔषध ब्राउन सुगर ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार उनले ल्याएको सामान चेकजाँच गर्ने क्रममा बिस्कुटभित्र ५ ग्राम ४० मिलिग्राम (ब्राउन सुगर) फेला पारी बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिप्रका कैलालीमा ल्याइएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


