बेलौरी: कञ्चनपुरमा टिप्पर र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका-५ सिमरीमा टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही ठाउँका ५५ वर्षिय मोतिलाल रानाको मृत्यु भएको हो ।
![]()
मङ्गलवार बिहान धनगढी तर्फ जादै गरेको सु प प्र०१-००१ क २२०० नम्बरको टिप्पर सङ्ग विपरित दिशाबाट हुलाकी सडकमा आइरहेको से४प. २२७१नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक राना गम्भिर घाईते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका रानाको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक रानाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । टिप्पर चालक र मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।


