बेलौरी: कैलालीमा अबैध कुखुरासहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–३ चौकीडाँडामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का १७ वर्षीय प्रकाश सिंह अबैध कुखुरासहित शुक्रवार पक्राउ परेका हुन् ।

अन्दाजी १८ हजार पाँच सय मुल्य बराबरको अवैध कुखुरा बोकेर ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिईएको प्रहरी टोलीले सिंहलाई पक्राउ गरेको हो । कुखुरासहित सिंहलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको जनाइएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


