बेलौरी: कञ्चनपुरमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका ५ आमखैया नजिकै सोहि नगरपालिका १ का ५९ वर्षीय अमर साउदको मृत्यु भएको हो।
![]()
सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा साउदको मृत्यु भएको हो । आज बिहान साढे ९ बजे बागमती प्रदेश–०१–०२५ च ३६३४ नम्बरको पिकअप जिपले साउद सवार रहेको साइकललाई ठक्कर दिएको थियो ।
जिपसहित चालकलाई इलाका प्रहरी कार्यालय गुलरीयाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

