बेलौरी: कैलालीमा विस्फोटक पदार्थ फेला परेको छ। जिल्लाको कैलारी गाउँपालिका–३ खोनपुरमा उक्त पदार्थ फेला परेको हो। विस्फोटक पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
![]()
कैलारी गाउँपालिका खोनपुरबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा विस्फोटक पदार्थसहित लखिमपुर खिरी चन्दन चौकीका ४२ वर्षीय शिव गुप्ता पक्राउ परेका हुन्। उनलाई २९ किलो ५०० ग्राम विस्फोटक पदार्थसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


