बेलौरी: कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको वेदकोट नगरपालिका–१० नयाँगाउँका २७ वर्षीय हरेन्द्र धामी र वेदकोट–७ सुडाका २१ वर्षीय नवीन डगौरा पक्राउ परेका हुन् ।
![]()
उनिहरुलाई बिहीवार साँझ भीमदत्त नगरपालिका–९ ब्रहमदेवबाट इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनिहरुको साथबाट १०२ पिस(सिसी) फेनारगन लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


