बेलौरी: कञ्चनपुर लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–३ खिरीयामा रहेको भुईया मन्दिर नजिकैबाट सोही ठाँउका २२ वर्षीय फिलिप राना पक्राउ परेका हुन् ।
उनको साथबाट ३.०१ ग्राम लागुऔषध (खैरो हेरोईन) फेला पारेको प्रहरीले जनाएको छ ।
![]()
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साझ शंकालागि चेकजाँच गर्दा लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


