बेलौरी: कैलालीकाे धनगढीमा कुहिएको अवस्थामा शव फेला परेको छ।
![]()
जिल्लाको धनगढी उपमहानगरपालिका–१२ मा रहेको खुटिया नदीमा बिहीवार शव फेला परेको हो। स्थानीयले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पहिचान नखुलेको अन्दाजि ४०/४५ वर्षको पुरुषको शव फेला परेको र शवलाई पोष्टमाटमको लागि सेति प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

