बेलौरी:कंचनपुरको पुनर्वास नगरपालिका-३, आईबीआरडीमा एक महिला मृत फेला परेकी छन् ।

मंगलबार बिहान अस्थायी प्रहरी पोष्ट आईबीआरडीको पश्चिमतर्फ करिब ६ सय मिटर नजिकै सोहि ठाउँ बस्ने ३० वर्षिय लक्ष्मी घर्तीमगर सडकको बीच भागमै मृत फेला परेकी हुन् ।
![]()
मृतक घर्तीमगर पुनर्वास नगरपालिका-५, ग-गाउँ मामाघर जान्छु भनेर साझ घरबाट निस्किएको पारिवारिक श्रोतबाट बुझिएको छ।
उनी केहि वर्षदेखि माईतीघरमा बस्दै आएकी थिईन ।भने उनको एक ५ वर्षको छोरा समेत छ । उनको शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीले जनाएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


