पदम राना बेलौरी: कन्चनपुरको पुनर्वास स्थित रहेको भागेश्वर सुगर मिलको रसायन युक्त (कास्टिक) ले गर्दा नजिकको खोला मा मिसाइएको हुदा खोला वरिपरि का बाली नाली नस्ट हुँदै ।

खोला मा पाइने जीवाणु नस्ट हुँदै। पानिमा मिसाइ को रसायन को कारण बाढीले गर्दा धान, उखु नष्ट हुँदै र त्यहा वरपरका जनावरहरू र किसान हरु मा त्यहीँ रसायन युक्त पानी को कारणले गर्दा छालाको रोग देखिएको छ।
![]()
सुगर मिलले फोहोर न्यूनीकरण को लागि ETP-Plant जडान गर्ने भनेर अगाडि पटक स्थानीय बासी सङ्ग सम्झौता गरेपनी अहिले जडान गरेको छैन।

आखिर चिनिमिलको यति ज्यादती हुदा सम्म पनि स्थानीय सरकार नेता हरु किन मौन ?
स्थानीय भन्छन् किसान मार्ने छुट चिनिमिल लाई छैन।
हामी लाई हाम्रो खोला नाला जिवान्त चाहियो।
चिनिमिल को दादागिरी सहिदैन , सम्पूर्ण निकाय को ध्यानाकर्षण होस।

स्थानीयको यस समस्यालाई भागेश्वर सुगर मिलले छिटोभन्दा छिटो समाधान गरोस्।


