टेकराज आचार्य:जिल्लाको सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ भैरवस्थान स्थित आमाको भान्साघर अगाडी ऐरिचोकबाट मूलपानी तर्फ जादै गरेको तत्काल नं. नखुलेको मोटरसाईकलले पैदलयात्री जिल्ला दैलेख आठबिसकोट नगरपालिका वडा नं-६ खिड्कीजिउला स्थायी वतन भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.४ बस्ने वर्ष ६ को टेक दर्शन पुरीलाई एक्कासी ठक्कर दिई सख्त घाईते बनाई मोटरसाईकल सहित फरार रहेको र निज घाईतेलाई तत्काल उपचारको लागी कर्णाली केयर अस्पतालमा लगेकोमा उपचारकै क्रममा ८:४५ बजे अस्पतालले मृत घोषणा गरेको । उक्त घटनाको जानकारी हुनासाथ कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी बरिष्ठ नायव निरीक्षक नारायण शर्माको कमाण्डमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय समेतको टोली परिचालित भई तदारूकताका साथ फरार व्यक्ति र मोटरसाईकलको खोजतलास गर्दै जाँदा आज मिती २०८०।०६।१४ गते १७:३० बजेको समयमा गुर्भाकोट नगरपालिका वडा नं. १४ भर्लेनी भन्ने गाउँमा आफ्नै घरमा दुर्घटना गरेको मोटरसाईकल लुकाई आफुसमेत लुकिछिपी बसेको अवस्थामा वर्ष ३१ को अर्जुन पुन र निजले दुर्घटना गराएको SUZUKI कम्पनीको प्रदेश ३ -०२००२ प ९२०३ नं. को मोटरसाईकललाई प्रहरी टोलीले फेला पारी पक्राउ गर्न सफल भएको । निज फरार अभियुक्तलाई मोटरसाईकल सहित थप अनुसन्धान र कानूनी कारवाहिका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याईएको ।
वीरेन्द्रनगर सुर्खेतमा ६ वर्षीय बालकलाई ठक्कर दिई फरार रहेको व्यक्ति मोटरसाईकल सहित पक्राउ

