अन्जना शर्मा,
नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ वटा बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको र बस लाईकेहि तल सम्म बगाएर पाखा लगाएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।
नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको प्रहरीले जनाएको छ ।
दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको जनाइएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको मुग्लिङ प्रहरीले जनाएको छ ।
घटनास्थलमा उद्धार कार्य सुरु हुन नसकेको प्रहरीले जनाएको छ । त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पखा लगाए पनि तेहा जान सक्ने अबस्था नरहेको बताए । बसमा यात्रारत ६५ यात्रुहरू बेपत्ता रहेको र उनीहरूको अवस्था अज्ञात रहेको छ ।
उद्धार कार्यका लागि नारायणगढबाट गोताखोर आउँदै छ । सो खण्ड अन्तर्गतको कालीखोलाको पहिरोमा गोताखोरहरु अड्किएका कारण उद्धार कार्य सुरु हुन नसकेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट गौर जादै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ आउदै गरेको एन्जट बस पहिरोसहित त्रिशूलीमा खसेका हुन् ।


