एसपी यादव ढकालले जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मेवारी पाए : सफलताको शुभकामना
नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) यादव ढकालले जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखको जिम्मेवारी पाउनुभएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङमा कार्यरत एसपी ढकाललाई प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मेवारी सुम्पिएको हो।
प्रहरी संगठनमा आफ्नो कार्यकुशलता, व्यावसायिकता र उत्कृष्ट कार्यशैलीमार्फत छुट्टै पहिचान बनाउन सफल एसपी ढकालले कैलालीमा पनि नागरिकको अपेक्षा र भावनाअनुसार शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रभावकारी प्रहरी सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विश्वास लिएका छौँ।
नयाँ जिम्मेवारीसहित कैलाली जिल्लामा सफल, उपलब्धिमूलक र उदाहरणीय कार्यकालको हार्दिक शुभकामना सर।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


