काठमाडौं, काभ्रे जिल्लामा रास्वपा RAT बिभाग औपचारिक रूपमा गठन भएको छ। जिल्ला समन्वयकमा लक्ष्मण सुनार नियुक्त भएका छन् भने बिभागका ६५ जना सदस्यहरू पनि चयन भएका छन्।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रास्वपाका नेता बिराज भक्त श्रेष्ठ उपस्थित थिए भने काभ्रे जिल्ला सभापति प्रवीण ढकाल कार्यक्रमका सभापती थिए। कार्यक्रममा केन्द्रीय RAT बिभाग सदस्य तथा बागमती प्रदेश प्रादेशिक समन्वयक शेर बहादुर सिङ ठकुरी को पहलमा सम्पन्न भएको थियो
कार्यक्रमको क्रममा RAT बिभागको बढ्दो लोकप्रियता र सक्रियताले रास्वपाको मेरुदण्डको रूपमा काम गरिरहेको स्पष्ट देखिएको छ। बनेपा र धुलिखेलबाट ठूल संख्यामा र्याली निस्किएको थियो भने पनौतिमा कार्यक्रम भएको थियो । कार्यक्रममा केन्द्रीय बिभागका पदाधिकारी तथा बागमती प्रदेशका विभिन्न नेताहरू समेत उपस्थित थिए, जसले कार्यक्रमलाई अझ भव्य र प्रभावशाली बनाएको थियो।
यस अवसरले RAT बिभागको सक्रियता, संगठन विस्तार र राजनीतिक सङ्गठिततामा वृद्धिको संकेत दिएको छ। उपस्थित कार्यकर्ताहरू र समर्थकहरूले रास्वपाको स्थानीय र क्षेत्रीय राजनीतिक दृष्टिकोणमा थप योगदान दिने विश्वास व्यक्त गरेका थिए।


