काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुदेश गुरुङ मुस्ताङमा मात्र होइन, काठमाडौं–९ भित्र पनि उत्तिकै लोकप्रिय देखिन थालेका छन्। रास्वपाका उपसभापति डीपी अर्याल काठमाडौं–९ बाट उम्मेदवार बन्ने चर्चा चल्न थालेसँगै त्यहाँको राजनीतिक माहोल थप तातेको छ।
विभिन्न दल तथा स्वतन्त्र रूपमा सक्रिय युवाहरूमा समेत यतिखेर रास्वपाप्रति विश्वास बढ्दै गएको देखिन्छ। काठमाडौं–९ भित्र भेटघाट तथा राजनीतिक छलफल तीव्र बन्दै गएका छन्।
हाल तेज अर्याल र सुदेश गुरुङ सक्रिय रूपमा फिल्डमा खटिएका छन्। उनीहरू युवाका कुरा सुन्ने, समस्या बुझ्ने र त्यसको प्रभावकारी समाधान खोज्ने छलफलमा जुटिरहेका छन्।
देशभरको चुनावी रणनीति र छलफलमा व्यस्त रहेका उपसभापति डीपी अर्यालको अनुपस्थितिमा पनि, तेज अर्याल, सुदेश गुरुङसहित अन्य रास्वपा नेताहरू काठमाडौं–९ मा चुनावी गतिविधि र समन्वयमा सक्रिय रूपमा जुटिरहेको देखिन्छ।


