मकवानपुर, राक्सिराङ गाउँपालिका र आसपासका क्षेत्रका योग्य तामाङ र चेपाङ समुदायका प्रतिनिधिहरूलाई स्थानीय सरकारमा पुर्याएर जनताको वास्तविक शासन स्थापना गर्ने उदेश्यसहित राक्सिराङ गाउँपालिका सभापति राजन मल्ल सक्रिय भएका छन्।
उनी भन्छन् कि उनका प्राथमिक लक्ष्यहरूमा व्यक्तिकेन्द्रित शासनको अन्त्य, जनता आवश्यक पर्ने सुशासन, गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र योग्यता तथा क्षमताका आधारमा स्थानीय तहमा रोजगारी सिर्जना गर्नु पर्छ।
राजन मल्लका अनुसार कार्यकर्ता र चाकरी प्रथाको सट्टा आवश्यकता आधारित बजेट व्यवस्थापन, सुरक्षित तथा एकीकृत जनबस्तीको स्थापना, भ्रष्टाचारको अन्त्य, विद्यार्थीलाई स्कुल तहसम्म राजनीतिक प्रभावबाट टाढा राखेर शिक्षामा राजनीति बन्द गर्ने, र दुर्गम क्षेत्रमा कर्मचारी तथा शिक्षकलाई जीवन धान्न पर्याप्त सेवा–सुविधा उपलब्ध गराउने आवश्यक छ।
उनी भन्छन्, “म राजनीति त्यसका लागि आएको हुँ। व्यक्तिकेन्द्रित शासनको अन्त्य, जनतालाई आवश्यक पर्ने सुशासन, स्वास्थ्य, शिक्षा र योग्यताको आधारमा स्थानीय स्तरमा रोजगारी सिर्जना, कार्यकर्ता र चाकरी प्रथाभन्दा आवश्यकता आधारित बजेट व्यवस्थापन, सुरक्षित एकीकृत जनबस्तीको स्थापना, भ्रष्टाचारको अन्त्य, विद्यार्थीलाई स्कुल तहसम्म राजनीतिक प्रभावबाट टाढा राख्ने शिक्षा र दुर्गम क्षेत्रमा कर्मचारी र शिक्षकलाई जीवन धान्न पुग्ने सेवा–सुविधा सुनिश्चित गर्नु मेरो उद्देश्य हो।”
राजन मल्ल २०३३ साल कार्तिक १५ गते खैराङमा जन्मिएका हुन्। बाल्यकालमा त्यहाँको गरिबीसँग जुद्दै जीवन धान्नकै लागि मनहरीबाट काँचो मकै बोकेर जीवनयापन गरेका उनले समाजको दुःख–पीडा बदल्ने संकल्प बोकेर राजनीतिक दलमा आबद्ध भएका थिए।
उनले बताए अनुसार, सुरुमा कांग्रेसमा आबद्ध भएर समाज परिवर्तनको आशा राखिएको थियो, तर जनताको पीडा घटेन। ग्रामीण भेगका नागरिकले भोगेका दुःख–कष्टका कारण माओवादी आन्दोलन जन्मियो। तर माओवादी सरकारले पनि पुराना कांग्रेस/एमाले सरकारभन्दा फरक अनुभूति दिन सकेन। विकास केही भएको भए पनि पहुँचवालाले मात्र सेवासुविधा उपभोग गरेका छन्।
उनको बुझाइमा आजको युगमा भाषणले होइन, परिणामले जनतालाई राहत दिनुपर्छ। गाउँमा बसोबास गर्ने धेरैजसो व्यक्ति कुनै न कुनै दलको झोले बनेका थिए, जसले समाजमा दलगत विभाजन र मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोण बढाएको छ।
राजन मल्ल भन्छन् कि ‘जान्नेलाई छान्ने’ मूल नारासहित स्थापना भएको रास्वपा (रा.स्व.पा.) मा आबद्ध भएर जनताको दुःख–पीडा बोकेको छन्। उनी थप्छन्, देश चलाउन योग्य व्यक्ति, शिक्षक र किसानले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ; दलको झोलेमा बस्दा मात्र शासनप्रति जनताको निराशा बढ्छ।
विदेशबाट दैनिक आउने लास, आफ्नै भूमि छोड्न बाध्य हुने नागरिक, बाँच्नकै लागि गाँजा खेती गर्नुपर्ने बाध्यता, र हजारौँ युवा जेल जानुपर्ने अवस्था—यी सबै राज्य व्यवस्थाको असफलता हुन्। पुराना दलहरूले यिनै पीडालाई राजनीतिक मुद्दा बनाएर भोट मागेका भए पनि जनताको पीडामा ठोस सुधार गर्न सकेनन्।
अब पुराना दललाई पर्खिने समय सकिएको छ। योग्य र सक्षम व्यक्तिहरू मात्र देश चलाउन सक्छन् र रास्वपा मार्फत त्यसको लागि गोलबन्द गरिएको छ।
राजन मल्ल स्पष्ट गर्छन्, “अब सबैको आश यही छ कि रास्वपाले जनताको बोली बोल्नेछ र समस्या समाधान गर्नेछ। तर त्यो सबै काम गर्न अधिकार दिने शक्ति जनता हुन्। त्यो अधिकार पनि चुनावमा मत घण्टीमा हालेर मात्र सुनिश्चित हुन्छ।”
उनले थपे, “देशमा वास्तविक परिवर्तन चाहिने अवस्थामा हामी सबैले आफ्नो दायित्व बुझे अघि बढ्नुपर्छ। व्यक्तिगत स्वार्थ होइन, जनताको हित र समस्याको दिगो समाधान हाम्रो मार्गदर्शन हो।”


