काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीबारे बयान दिन सहकारी ठगी छानबिन विशेष संसदीय समितिमा पुगेका छन् । संसदीय समितिले उनीसँग गोरखा मिडिया प्रालिको एमडी हुँदा विभिन्न सहकारीहरूसँग भएको कारोबारबारे बयान लिन लागेको हो । उनीसँगको बयान सुरु भएको छ ।
लामिछाने एमडी रहेको बेला सो कम्पनीले अवैध रूपमा सहकारीबाट ऋण लिएको छ भने लामिछाने स्वयम्ले पनि सहकारीबाट ऋण लिएको पाइएको छ । उनले सहकारीको सदस्य नहुँदै ऋण लिएको पाइएको छ । लामिछाने नै सहकारी ठगीमा मुछिएपछि संसदले लामो रस्साकस्सीपछि विशेष समिति गठन गरेको थियो । उनी अपराह्न ४ बजे सिंहदरबारमा बसेको समितिको बैठकमा पुगेका हुन् ।
सहकारी ठगी प्रकरणमा मुछिएका उनलाई छानबिन समितिले आजलाई बोलाएको थियो ।
आजै समितिले गोरखा मिडिया नेटवर्क प्रा।लि।का पूर्वसञ्चालक छविलाल जोशीसँग सोधपुछ गरेको छ । छविको बयान सकिएसँगै रविको सुरु भएको हो ।


