काठमाडौं । जंगली बदेल चोरी सिकार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम र उपसाभामुखका छोरा सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका –१ कोशी ब्यारेज क्षेत्रबाट उनीहरूलाईनियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय राजबिराजका प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका हुन् ।
ब्यारेज क्षेत्रमा शंकास्पद रूपमा हिँडेका महत र प्रहरीकै बहालवाला सई सन्जय न्यौपानेलाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट पइन्ट २२ क्यालिभरको राईफल र त्यसमा लाग्ने म्यागेजिन, १५ राउण्ड गोली, खुर्पालगायत हतियार बरामद गरेको न्यौपानेले बताएका छन् ।
उनका अनुसार लाइसेन्स प्राप्त हतियार भए पनि पूर्वडीआईजी महत नजिकै ट्र्याक्टरमा बदेल बरामद भएपछि अनुसन्धान गर्न नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश यादव, सोही नगरपालिकाको वडा २ का लक्ष्मण मण्डल, जनार्दन राउत, प्रदीप लिम्बू, रविन दास, ओमप्रकाश प्रसौला र शंकर खिडहरी रहेका छन् ।


