ईन्द्रसरोवरमा गज्जवको पत्रकारिता,
छोरा पास नभएपछि पालिका विरुद्ध समाचार
पछिल्लो समय जो पनि जस्ता पनि पत्रकार भन्दै बार्गेनिङ गरेर हिँड्न थालेपछि पत्रकािरता क्षेत्र नै बद्नाम हुँदै गैरहेको छ ।
यस्तैमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा एक व्यक्तिले आफ्नो छोरा फिल्ड सहायक पदमा पास नभएपछि पालिका विरुद्ध अनेक आरोपसहितको समाचार लेखिरहेका छन् ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका १ सम्पर्क ठेगाना रहेको पालिका प्रेस डटकमका सम्पादक मणिराज थापाको छोरा मनिष थापाले गाउँपालिकाको फिल्ड सहायक पदमा दरखास्त दिएका थिए ।
गाउँपालिकाले लिएको परीक्षामा मनिष सहित कोही पनि पास हुन सकेनन् । पालिका प्रेस अनलाइनका सम्पादक मणिराजले आफ्नो छोरालाई फिल्ड सहायकमा जागिर लगाउनका लागि ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित वडा अध्यक्षहरुलाई समेत प्रेसर दिँदै आएका थिए ।
उनले लिखित र कम्प्युटर सीप परीक्षण बिना नै सिधै आफ्नो छोरालाई छनोट गर्न दवाव दिँदै आएका थिए । तर पालिकाले नियम सम्बत तरिकाले लिएको परीक्षामा थापाका छोरासहित कोही पनि उम्मेदवार पास नै हुन सकेनन् ।
‘योग्यता प्रणालीलाइ लत्याएर लुट प्रणालीबाट भर्ना गर्न दवाव दिएका थिए । हामीले त्यो कुरा मान्न सकेनौं’, ईन्द्रसरोवर गाउँपालिकाका एक कर्मचारीले भने, ‘कुनै अनलाइन सञ्चालकको छोरा भन्दैमा नियम, कानून विपरित जागिर खुवाउने कुरा हामीले मानेनौं ।
अहिले पालिकाकै विरुद्ध निरन्तर समाचार आइरहेको छ । यो कस्तो खालको पत्रकारिता हो ? हामीले बुझ्न सकेका छैनौं ।’ छोराले फिल्ड सहायक पदमा नाम निकाल्न नसकेपछि उनले आफ्नो अनलाइन पालिका प्रेस डटकममा ‘मापदण्ड विपरित परीक्षा सञ्चालन गर्ने ईन्द्रसरोवर गाउँपालिकाले फिल्ड सहायक भेटेन’ शिर्षकमा समाचार लेखेर उल्टै पालिका प्रमुख, उपपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई अनेक आक्षेप लगाएको छ ।
पालिका प्रेसका सम्पादक थापाले विभिन्न बार्गेनिङ गर्दै आएको स्थानीयको आरोप छ । पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । फिल्ड सहायक पदका लागि नियम सम्बत लिइएको परीक्षामा कुनै उम्मेदवार सफल नभएको उनीहरुले बताए ।


