लेखक: शिव प्रसाद अधिकारी
किम जोन, उत्तर कोरियाका सर्वोच्च नेता र विश्वका सबैभन्दा विवादास्पद र शक्तिशाली शासकमध्ये एक हुन्। ८ जनवरी, १९८४ मा प्योङयाङ, उत्तर कोरियामा जन्मिएका किम जोन, उत्तर कोरियाका दोस्रो नेता किम जोङ इल र को योङ हुइका कान्छो छोरा हुन्। किम जोनले २०११ मा आफ्ना पिताको निधनपछि देशको नेतृत्व सम्हाल्नुभएको हो। उनका नेतृत्वमा, उत्तर कोरिया एक शक्तिशाली र आत्मनिर्भर राष्ट्रको रूपमा प्रस्तुत भएको छ, यद्यपि यसको शासन शैली र निर्णयहरूले देशभित्र र बाहिर आलोचना र विरोध निम्त्याएको छ।
किम जोनको प्रारम्भिक शिक्षा स्विट्जरल्यान्डको एक अन्तर्राष्ट्रिय विद्यालयमा छद्म नाम “पाकिटो” प्रयोग गरेर भएको बताइन्छ। यहाँ उनले अङ्ग्रेजी र जर्मन भाषा सिके, र बास्केटबल र फुटबलमा गहिरो रुचि राख्थे। विद्यालय शिक्षा पूरा गरेपछि, किम उत्तर कोरिया फर्केर त्यहाँका विशेष प्रशिक्षण र शिक्षा कार्यक्रमहरूमा सहभागी भए। उनले राजनीतिशास्त्र, सैन्य रणनीति, र समाजवादी विचारमा गहिरो अध्ययन गरे, जुन भविष्यमा आफ्नो शासनमा सहायक बन्न पुग्यो।
किम जोनको शासन शैली कडा र नियन्त्रणकारी छ। उनले उत्तर कोरियामा नागरिकका गतिविधिहरूमा गम्भीर निगरानी र नियन्त्रण लागू गरेका छन्। सार्वजनिक आलोचना र विरोधलाई गम्भीर अपराध मानिन्छ, र यसको लागि कठोर सजाय दिइन्छ। घरमा किम जोन र उनका परिवारका सदस्यहरूको तस्बिर राख्न अनिवार्य छ, र ती तस्बिरहरु सफाई र हेरचाह गर्न राज्यको नियम लागू गरिएको छ। सञ्चार, इन्टरनेट, र व्यक्तिगत जीवनका धेरै पक्षहरू पनि राज्यको निगरानीमा छन्।
किम जोनको साहस र आटको प्रमुख उदाहरण भनेको उत्तर कोरियाको सैन्य शक्ति र परमाणु कार्यक्रम हो। उनले आफ्नो शासनको शुरुवाती चरणदेखि नै परमाणु र मिसाइल परीक्षणमा ध्यान केन्द्रित गरे। यी कदमहरूले अन्तर्राष्ट्रिय समुदायसँग तनाव बढाए, तर किमले आफ्नो देशलाई आत्मनिर्भर बनाउने र शक्ति प्रदर्शन गर्ने उद्देश्यले यस्तो प्रयास गरे। यो साहस र आटले उनलाई विश्व राजनीतिक मञ्चमा विशेष स्थानमा ल्यायो, यद्यपि यसले देशलाई कठिन अन्तर्राष्ट्रिय दबाब र प्रतिबन्धहरूको सामना गराउन पुग्यो।
उत्तर कोरियाको क्षेत्रफल लगभग १२०,५४० वर्ग किलोमिटर छ। यहाँका प्रमुख नदियाँ यालु र तुमेन नदी हुन्, जुन चीनसँगको सीमा निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्दछन्। पहाडी क्षेत्रहरू, विशेषगरी पैक्टुसान (Paektu Mountain), उत्तर कोरियाको सबैभन्दा उच्च स्थान हो र यसको सांस्कृतिक र ऐतिहासिक महत्त्व ठूलो छ।
उत्तर कोरियाको अर्थतन्त्र मुख्य रूपमा कोइला,फलाम,रासायनिक उत्पादन, स्टिल, कपडा, र कृषिमा आधारित छ। प्रमुख कृषिजन्य उत्पादनहरूमा धान, मकै, र आलु पर्दछन्। यद्यपि, अन्तर्राष्ट्रिय प्रतिबन्ध र प्राकृतिक स्रोतहरूको सीमितताले देशको आर्थिक प्रगतिमा बाधा पुर्याएको छ।
किम जोनकी पत्नी, री सोल जु, पूर्व-पप गायिका र कलाकारको रूपमा चिनिन्छन्। उनी प्रायः सार्वजनिक रूपमा कम देखिन्छिन्, तर आफ्नो जीवनको धेरै समय किम जोनको पत्नीको रूपमा बिताएकी छन्। किम जोनकी बहिनी, किम योङ जो, एक शक्तिशाली र प्रभावशाली राजनीतिक व्यक्तित्वको रूपमा चिनिन्छिन्। उनी प्रायः आफ्नो भाइको विश्वासपात्र र रणनीतिक सहयोगीको रूपमा कार्य गर्छिन्।
किम जोनको परिवारमा केही सदस्यहरूको भाग्य भने रहस्यमय छ। उनका भाइ किम जङ नाम को हत्या २०१७ मा मलेशियामा भएको थियो, जसले विश्वभर चर्चा पायो। यस घटनाले किम जोनको शासनको क्रूर पक्षलाई थप उजागर गर्यो।
किम जोनको नेतृत्वमा, उत्तर कोरिया विशेष गरी चीन र रुससँग सम्बन्ध बलियो बनाउन सफल भएको छ। यी देशहरूका साथ उत्तर कोरियाको सम्बन्ध व्यापार र सैन्य सहयोगमा आधारित छन्। चीन, विशेष गरी, उत्तर कोरियाको प्रमुख व्यापारिक साझेदार र रणनीतिक सहयोगी हो।
विपरीत रूपमा, उत्तर कोरिया अमेरिकी नेतृत्वमा रहेको पश्चिमी राष्ट्रहरूको साथ तनावपूर्ण सम्बन्धमा छ। परमाणु कार्यक्रम र मिसाइल परीक्षणका कारण, उत्तर कोरिया र दक्षिण कोरिया बीच पनि द्वन्द्व र तनाव भइरहेका छन्।
किम जोनको नेतृत्व र साहसले उनलाई एक अडिग, निडर र विवादास्पद नेता बनाएको छ, जसले आफ्नो देशलाई शक्ति र स्वाधीनता कायम राख्नका लागि विश्वका विभिन्न चुनौतीहरूको सामना गरेको छ। यद्यपि, उत्तर कोरियाको कडा शासन शैली र कठोर कानुनहरूले देशलाई अन्तर्राष्ट्रिय स्तरमा आलोचनाको पात्र बनाएको छ, किम जोनको रणनीति र नेतृत्वको भविष्यले मात्र उत्तर कोरियाको दीर्घकालीन स्थायित्व निर्धारण गर्नेछ।






