डिआइजी दानबहादुर कार्कीद्वारा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको प्रमुखको रूपमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीले पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी संगठनमा उत्कृष्ट छविका साथ परिचित कार्कीले यसअघि संगठनका विभिन्न महत्त्वपूर्ण स्थानहरूमा रहेर उल्लेखनीय कार्य गर्नुभएको छ।

अपराध अनुसन्धान र अन्तर्राष्ट्रिय आतंकवाद नियन्त्रणमा विशेष दक्षता हासिल गर्नुभएका कार्कीले बिभिन्न चर्चित अपराधका घटनाहरूको अनुसन्धानको नेतृत्व गर्दै सफलता प्राप्त गर्नुभएको छ। उहाँले आफ्नो कार्यकालमा अनुसन्धानका आधुनिक प्रविधिहरूको प्रभावकारी उपयोग गर्दै प्रहरी सेवामा गुणात्मक सुधार गर्नुभएको छ।

पदभार ग्रहण गर्दै डिआइजी कार्कीले लुम्बि नी प्रदेशमा शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढ बनाउँदै नागरिकको विश्वास जित्न सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभएको छ। उहाँको आगमनले प्रदेशमा अपराध नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


