केदार नेपाल एस के मिसनमिडिया डटकमको कोशी प्रदेश संवाददातामा नियुक्त।
एस के मिसन मिडिया डटकमले पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय केदार नेपाल (रुद्र)लाई कोशी प्रदेश संवाददाता का रूपमा नियुक्त गरेको छ। मोरङको सुन्दर हरैचा नगरपालिकाका स्थायी बासिन्दा नेपालले डिजिटल सञ्चार माध्यममा महत्वपूर्ण योगदान पुर्याउँदै नेपाली समाजलाई सूचनामूलक र समसामयिक सामग्री उपलब्ध गराउँदै आउनुभएको छ।
नेपालले “गुरुकुल नेपाल” युट्युब च्यानल र “सुन्दर हरैचा सरोकार समूह” नामक पेजमार्फत पत्रकारिता क्षेत्रमा लामो समयदेखि काम गर्दै स्थानीय मुद्दाहरूलाई उजागर गर्दै समाजसेवामा योगदान पुर्याइरहनुभएको छ। उहाँको नेतृत्वमा यी प्लेटफर्महरूले विशेषतः युवापुस्ताको आवाजलाई प्राथमिकता दिएका छन्।
पत्रकारिता क्षेत्रबाहेक, नेपाल विराटचोक क्षेत्रमा कोरियन भाषा प्रशिक्षकका रूपमा पनि परिचित छन्। उहाँले कोरियन भाषा सिक्न चाहने विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गर्दै धेरैलाई रोजगारका अवसर सिर्जना गर्न प्रेरित गर्नुभएको छ।
एस के मिसन मिडिया डटकमले नेपालको योगदानलाई उच्च सम्मान गर्दै उहाँलाई कोशी प्रदेश संवाददाता का रूपमा चयन गरेको हो। उहाँलाई निष्पक्ष, सत्यतथ्यमा आधारित र जिम्मेवार पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
नेपालको यस नयाँ भूमिकामा सफलताको कामना गर्दै, उहाँलाई कोशी प्रदेशका जनतालाई सुसूचित गर्ने अधिकारलाई थप सुरक्षित र सुदृढ बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।


