चितवनमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न। प्रहरी उपरीक्षक गौतम मिश्र
चितवनको माडी नगरपालिका वडा नम्बर २२, पटिहानीस्थित थारु कल्याणकारी सभाहलमा “समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। मिति २०८१ पुस १८ गते आयोजित उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय चितवनको समन्वय र इलाका प्रहरी कार्यालय गीतानगरको आयोजनामा भएको हो।

कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका शिक्षक-शिक्षिका, पत्रकार, महिला संघका सदस्य, टोल सुधार समितिका पदाधिकारी, विभिन्न संघसंस्थाका सदस्य र स्थानीय भद्रभलाद्मीहरूसहित १७२ जना सहभागी भएका थिए।

कार्यक्रममा अपराध र दुर्घटनाको न्यूनीकरण तथा नियन्त्रणका लागि सुझाव संकलन गर्दै प्रहरी र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा सहभागी एक स्थानीयले जिल्ला प्रहरी प्रमुख गौतम मिश्र चितवन आएपछि प्रहरीको पहुँच नागरिकसम्म सहज भएको र प्रहरी प्रतिको जनतामा भरोसा बढेको बताए। उनले मिश्रको नेतृत्वमा नागरिक सुनुवाइ थप प्रभावकारी बन्दै गएको अनुभव सुनाए। सहभागीहरूले पनि प्रहरीप्रतिको सकारात्मक दृष्टिकोण व्यक्त गर्दै सहकार्यका लागि प्रतिबद्धता जनाएका छन्।



