अग्निहोत्राश्रमका सचिव बिनोद अर्यालको राजीनामा र सम्भावित फिल्म क्षेत्रमा पुनः प्रवेश
काठमाडौं, चैत्र २९, २०८१ – काठमाडौंको गोकर्ण उत्तरवाहिनीमा सम्पन्न यज्ञपछि, मकवानपुर जिल्लामा वि.सं. २०६८ भाद्र २० गते दर्ता भएको ‘ओम् श्री वातावरण शुद्धीकरण अभियान अग्निहोत्राश्रम’ संस्थाका सचिव बिनोद अर्यालले आज राजीनामा दिएको जानकारी गराइएको छ। विगत १४ वर्षदेखि संस्थाका सचिव पदमा सेवा पुर्याउँदै आएका अर्यालले आफ्नो योगदानप्रतिको आभार व्यक्त गर्दै, संस्थाका सदस्यहरू र शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।
अर्यालले राजीनामापछि आश्रमसँगको सम्बन्ध कायम राख्ने र सामाजिक क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता प्रकट गरेका छन्। जानकारहरूका अनुसार, अर्यालले आश्रममा आवद्ध हुनु अघि चलचित्र पत्रकार, कलाकार र फिल्म निर्माता भएर आफ्नो ईमान्दार छवि स्थापित गरेका थिए। यसै अनुभवका आधारमा, यदि अवसर मिल्यो भने उहाँले पुनः फिल्म क्षेत्रमा फर्किन सक्ने सम्भावना रहेको जानकारहरु बताउछन् ।
स्थानीय विश्लेषकहरूले उहाँको राजीनामा र सम्भावित फिल्म क्षेत्रमा पुनः प्रवेशलाई एउटा नयाँ अध्यायको रूपमा लिएको छ, जसले नेपाली सांस्कृतिक र चलचित्र क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


