प्रहरी उपरीक्षक राजन लिम्बुको बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न
चितवन, बैशाख १९ – नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्र अनुसार मिति २०८२।०१।१५ गते जिल्ला प्रहरी कार्यालय चितवनबाट जिल्ला प्रहरी कार्यालय झापा सरुवा भएका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुको बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ।
उहाँको सम्मानमा आयोजित कार्यक्रममा खादा, अविर र मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
प्रहरी उपरीक्षक लिम्बु एक इमान्दार, निडर र निष्ठावान व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। चितवनमा रहँदा उहाँले सुशासन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिनुभएको स्थानियवासीहरू बताउँछन्। स्थानियहरुको विश्वास गर्छन् कि झापामा पनि उहाँले सबैको मन जित्ने कार्य गर्नुहुनेछ ।


