राजकुमार श्रेष्ठको समर्थनमा बन समिति चुनावमा ऐतिहासिक विजय, पालिकास्तरको नेतृत्वमा सहज बाटो खुल्यो
मनहरि (मकवानपुर), ११ जेठ २०८२ :- राजकुमार श्रेष्ठ यस्तो नाम हो, जसले राजनीतिमा प्रवेश गरेपछि अनेक समीकरणहरू उल्टाएका छन्। उनले समर्थन गरेको प्यानल जहिले पनि भारी मतान्तरसहित विजयी हुँदै आएको छ। हालै सम्पन्न मनहरी गाउँपालिका–९ को हरियाली सामुदायिक बन उपभोक्ता समिति निर्वाचनमा पनि श्रेष्ठको साथ पाएको प्यानलले अत्यधिक मतले विजय हासिल गरेको छ।
यो विजय यति एकतर्फी रह्यो कि प्रतिस्पर्धीहरूलाई लाज लाग्ने अवस्था सिर्जना भएको स्थानीयहरू बताउँछन्। श्रेष्ठले समर्थन गरेका उम्मेदवारहरू समाजसेवामा सक्रिय, इमानदार र जनहितमा समर्पित व्यक्तित्व पनि भएकोले जनताको सम्मान जित्न सफल भएका छन्।
एक स्थानिय व्यावसायिक प्रकाश खतिवडा भन्नू हुन्छ “राजनीतिमा आएको बेला देखि राजकुमार श्रेष्ठले जुन इमानदारीता देखाउनु भएको थियो, अहिले पनि त्यही निष्ठा कायम राख्नुभएको छ। उहाँ खुलेर भन्नुहुन्छ, “म भ्रष्टाचार गर्दिन र गर्न दिँदिन।” जनताको पैसा गलत ठाउँमा खर्चिन नदिने उनको अडानको सर्वत्र प्रशंसा भइरहेको छ।
श्रेष्ठलाई कांग्रेसभित्र प्रभावशाली नेताहरू इन्द्रबानिया र रञ्जन कालाखेतीको विश्वासिलो पात्र मानिन्छ। कांग्रेसको एक निकट स्रोतका अनुसार गाउँपालिकास्तरको निर्वाचनमा श्रेष्ठलाई उम्मेदवार बनाउने विषयमा अब छलफल नै सुरु गर्नु पर्ने छ।
श्रेष्ठको लोकप्रियता वडा ९ मा मात्र होईन । अन्य वडाका जनताले पनि उनलाई योग्य, इमानदार र भविष्यको नेतृत्वकर्ता मान्न थालेका छन्। हालैको बन समिति चुनावमा देखिएको जनलहर र एकतर्फी समर्थनले यही कुरा पुष्टि गरेको छ।
श्रेष्ठले राजनीति केवल सत्ताको लागि होइन, सेवाको लागि गर्नुपर्छ भन्ने विश्वास राख्छन्। उनले साथ दिएका प्यानलका सदस्यहरू पनि यो भावनाले प्रेरित छन्, जसले गर्दा जनताको बीचमा उनीहरूको छवि अझ प्रगाढ बन्दै गएको छ।
श्रेष्ठको निरन्तरको समाजसेवा, इमानदारी, जनसम्पर्क र स्पष्ट सोचले उनलाई अब गाउँपालिकाको बलियो नेतृत्वका रूपमा उभ्याएको छ। स्थानीय राजनीतिको समीकरणमा श्रेष्ठको भूमिका निर्णायक बन्दै गएको छ र आगामी निर्वाचनमा उनको जित सहज हुने संकेत प्रष्ट देखिएको छ।


