मनहरी–९ को बन समिति निर्वाचनमा राजेन्द्र कुँवर पराजित, प्यानल चयनमा कमजोरीकै कारण हारको विश्लेषण
मनहरी गाउँपालिका–९ मा सम्पन्न हरियाली सामुदायिक बन उपभोक्ता समूहको निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेदवार होटल व्यवसायी तथा सामाजिक अभियन्ता राजेन्द्र कुँवर पराजित भएका छन्। इमानदार र समाजसेवी व्यक्तित्वका रूपमा चिनिँदै आएका कुँवरले अपेक्षाकृत राम्रो मत प्राप्त गरे पनि विजयी हुन सकेनन्।
निर्वाचन परिणामपछि धेरै स्थानीयले कुँवरको हारको कारण प्यानल चयनमा भएको निर्णयलाई मानेका छन्। उनीहरूका अनुसार कुँवर जस्तो इमानदार र निष्पक्ष व्यक्तित्वले राजकुमार श्रेष्ठ नेतृत्वको प्यानलबाट उम्मेदवारी दिनु उपयुक्त हुनेथियो। तर, उनले गलत र कमजोर छविका व्यक्तिहरूसँग मिलेर उम्मेदवारी दिएको देखिएकाले मतदाताहरूको विश्वास कमजोर भएको र त्यसले हार निम्त्याएको हुन सक्ने जनाइएको छ।
कुँवर स्वयंले पनि लामो समय काठमाडौंमा बसेर गाउँ फर्किएको कारण सबै मतदातासँग सम्पर्क स्थापित गर्न नसकेको स्वीकार गरेका छन्। साथै, उनले केही नजिकका व्यक्तिहरूबाट समेत अपेक्षित साथ नपाएको र अन्तिम समयमा घात भएको आशंका पनि व्यक्त गरेका छन्।
तर पराजय भए पनि कुँवर सामाजिक कार्यमा सधै लाग्ने प्रतिबद्धता गरेका छन। केही स्थानियले उहाँ लाई स्थानिय कुनै सङ संस्थामा काम गर्ने अबसर दिनु पर्ने बताएका छन ।


