रिपोर्टिङका क्रममा महोत्तरीमा पत्रकार दिवाकर साहमाथि हातपात, क्यामेरा खोसियो।
महोत्तरी — सीमावर्ती क्षेत्र, सीमा अतिक्रमण, भ्रष्टाचार र वेथितीविरुद्ध कलम उठाउँदै आएका पत्रकार दिवाकर साहमाथि मध्यराति हातपात भएको छ । रातको १२ बजे सरकारी कार्यालयमा भइरहेको शंकास्पद गतिविधिको रिपोर्टिङका क्रममा दिवाकरमाथि आक्रमण गर्दै उनका काम गर्ने क्यामेरा खोसिएको छ ।
मध्यराति सरकारी कार्यालयमा विकासका कामको भुक्तानी होइन, भ्रष्टाचार र बेथितीको लेनदेन भइरहेको प्रमाणित गर्न खोज्दा साहमाथि यस्तो निन्दनीय घटना भएको हो । हातपातमा उत्रिने कायर तत्वहरूप्रति घोर भर्त्सना गर्दै पत्रकार दिवाकर साहजस्ता विद्रोही, निडर र साहसी कलमधारीप्रति सम्मान प्रकट गरिन्छ ।
पत्रकारको कामलाई छेक्न र सत्य तथ्य लुकाउन खोज्ने जो कोही भए पनि कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ । दिवाकरमाथिको आक्रमणको तत्काल निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कडा कारबाही गरिनुपर्छ । एउटा दिवाकरको आवाज दबाउन खोज्नु भनेको सयौं दिवाकर जन्मिनु हो । यस्तो घटनाले अपराधी हौसिन्छन् तर सत्य र साहस कहिल्यै मर्दैन ।
नडराउनुस दिवाकर जि — आफ्नो कर्ममा गर्व गर्नुस्, अन्यायविरुद्ध कलम उठाइरहनुस् । जबसम्म तपाईँहरु जस्ता योद्धा विद्रोहको झण्डा बोकेर अघि बढ्नुहुन्छ, तबसम्म यस्ता फाटाहाहरुको दम्भ चुर हुनेछ ।


