कुरियर सेवा संघ नेपालका महासचिव राजकुमार सामरिद्वारा जन्मदिनमा सहयोग, समाजसेवामा उदाहरणीय योगदान
काठमाडौ- कुरियर सेवा संघ नेपालका महासचिव तथा नेसनल कुरियर र एनके लोजिस्टिकका सञ्चालक राजकुमार सामरि एक कुशल व्यवसायी मात्र नभई समाजसेवीका रूपमा पनि परिचित हुनुहुन्छ। उहाँले २०८२ साल असार २९ गते परेको आफ्नो जन्मदिनको अवसरमा कुरियर सेवा संघ नेपाललाई एक लाख उनन्तिस हजार एक सय उनन्तिस रुपैयाँ (१,२९,१२९) सहयोग गर्नुभएको छ।
उहाँले यसअघि पनि असहाय, अपाङ्ग, विपन्न र पीडितहरूलाई सहयोग गर्दै आउनुभएको छ। आफ्नै ठाउँमा मात्रै नभई समाजका विभिन्न तहमा पनि आर्थिक र सामाजिक सहयोग गर्दै उहाँले सामाजिक उत्तरदायित्वलाई उदाहरणीय ढंगले निर्वाह गर्दै आउनुभएको छ। व्यवसायलाई सेवा र समाजसँग जोडेर अघि बढ्नुपर्ने उहाँको सोचले व्यवसायिक क्षेत्रका धेरैलाई सकारात्मक सन्देश दिएको छ।
नेस्नल कुरियर र एनके लोजिस्टिकको सफल सञ्चालन गर्दै उहाँले कुरियर व्यवसायलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउँदै सेवाको गुणस्तरमा निरन्तर सुधार गर्दै आउनुभएको छ। उहाँको सहृदयता र समर्पणले अरू व्यवसायी, युवाहरू र सम्बन्धित पेशाकर्मीहरूलाई पनि समाज सेवामा लाग्न र उत्तरदायित्व बहन गर्न प्रेरणा दिने विश्वास गरिएको छ।
हाम्रो SK Mission Media परिवारको तर्फबाट कुरियर सेवा संघ नेपालका महासचिव राजकुमार सामरिलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं। आगामी दिनहरू उहाँका लागि अझ सफल, स्वस्थ र समाजका लागि सकारात्मक कामले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौं।


