सुरेश खनालद्वारा टिकटकमार्फत समाजसेवामुखी अभियान: लुकेका प्रतिभा उजागर गर्न नृत्य तथा गायन प्रतियोगिता
मोरङको उर्लाबारी निवासी सुरेश खनाल सामाजिक सञ्जाल टिकटकमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने अभियानमा जुटिरहेका छन्। टिकटक होस्टका रूपमा परिचित खनाल नियमित रूपमा ‘लाइभ’ कार्यक्रममा उपस्थित भई आफ्ना फलोअर्सहरूसँग प्रत्यक्ष संवाद गर्ने मात्र होइन, नेपाली समाजमा लुकेका प्रतिभाहरूलाई उजागर गर्ने प्रयासमा सक्रिय छन्।
उनले हरेक शुक्रबार टिक टक लाईभ बाटै आयोजना गर्दै आएको नृत्य तथा गायन प्रतियोगिता दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ। प्रतियोगितामा भाग लिने प्रतिभावान सहभागीहरूलाई उत्साहजनक पुरस्कार प्रदान गरिँदै आएको छ ।
सुरेश खनालको यो पहलले समाजका विभिन्न क्षेत्रहरूमा लुकेर रहेका युवा प्रतिभाहरूलाई उजागर गर्दै, उनीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिइरहेको छ। यस्ता कार्यक्रमले युवापुस्तालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्दै समाजमा सिर्जनात्मक माहोल निर्माण गर्न मद्दत पुर्याइरहेको छ ।
खनालले केही उत्साही साथीहरूसँग मिलेर एउटा टिम समेत गठन गरेका छन्, जसको उद्देश्य आगामी दिनहरूमा अझ प्रभावकारी ढंगले सांस्कृतिक तथा सामाजिक कार्यहरू सञ्चालन गर्नु रहेको छ।
उनको प्रयासले समाजमा उत्साह र ऊर्जा भरेको छ। धेरैले खनालको कार्यक्रमलाई समर्थन जनाउँदै लुकेका प्रतिभा समाज सामु ल्याउने कार्यको खुलेर प्रशंसा गरेका छन्।


