तीन वर्षको कामले स्थानियको मन जिते, अब पालिका अध्यक्ष बन्नु पर्ने आवाज ।
मकवानपुर- मनहरि गाउँपालिका मकवानपुर जिल्लाको पश्चिम क्षेत्रमा पर्ने एक पलिका हो ।
यस पालिका विभिन्न शिर्षकमा चर्चा परिचर्चा बटुल्ने गरेको पाइन्छ । मनहरि गाउँपालिका भित्र ९ वटा वडाहरु रहेका छन्, जहाँ हरेक वडाको आ-आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको ९ जना वडा अध्यक्षहरु हुनहुन्छ।
पालिका स्तर सम्म नेतृत्वको संवाहकको रुपमा ख्याती बटुल्दै आउनुभएको ९ – नं का वडा अध्यक्ष राजकुमार श्रेष्ठ हुनुहुन्छ। श्रेष्ठको दुई दशकको राजनिति यात्रामा थुप्रै
उतार चढावहरु देखापरे पनि आफुलाई धर्यताको विन्दुमा राखेर आफुलाई समाजमा सेवकको रुपमा स्थापित गर्नु भएको छ ।
श्रेष्ठले स्थानिय निर्वाचन २०७४ मा झिनो मत ले पराजित हुनुपरे पनि आफुले समाजका लागि केहि गरेर देखाउँछु भन्ने भवना,जोस र दृढ संकल्प लिएका हुनाले सामाजिक कार्य प्रति सक्रियता दिइरहे।
गएको स्थानिय निर्वाचन २०७९ मा निर्वाचित भए पश्चात श्रेष्ठले निर्वाचनमा जाँदै गर्दा आफुले पुरा गर्छु भनेको घोषणापत्र अनुसार विकास योजनाको काम लाई द्रुत गतिमा सम्पन्न गर्दै आउनुभएको छ । श्रेष्ठले राजनीति केवल सत्ताको लागि होइन, सेवाको लागि गर्नुपर्छ भन्ने विश्वास राख्छन्।
मनहरि गाउँपालिकामा अबको नेतृत्वको सवालमा चोक चौंतारोमा वडाबासी तथा आम जनता माझ लोकप्रियता कमाएका व्यक्तिको रुपमा श्रेष्ठ स्थापित भएको देखिन्छ । युवा वर्ग देखि अग्रज पुस्ता सम्म पालिकाको नेतृत्व सम्हाल्न सक्ने अब श्रेष्ठ नै हुन् भन्ने गर्छन । श्रेष्ठको वर्तमान समयको नेतृत्व र इमानदारिता प्रति खुसी
प्रकट गरेका छन् । आउँदो स्थानिय निर्वाचनमा पार्टीले टिकट दिए पालिकाको नेतृत्व गर्न तयार रहेको श्रेष्ठले वताउनुभएको छ ।
शिक्षा, स्वास्थ्य र कृषि जस्ता पुर्वाधार लाई प्रथमिकताको आधारमा राखेर योजना तर्जुमा गर्नु भएको छ । निर्वािचत भए पश्चात देखि हाल सम्म सम्पन्न भएको विकास योजनाको कामहरु यस प्रकार रहेका छन ।



