श्रीधर पोखरेल अध्यक्ष र जनक पन्थ सचिव निर्वाचित: लुम्बिनी प्रदेश कुरियर सेवा सङ्घको दोस्रो अधिवेशन सम्पन्न।
लुम्बिनी:- नेपाल कुरियर सेवा सङ्घ, लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा श्रीधर पोखरेल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उहाँको ईमानदारी, निष्ठा र सहयोगी स्वभावका कारण व्यवसायीहरूको विश्वास जित्न सफल भएको संघका प्रतिनिधिहरूले बताएका छन्।
सचिव पदमा जनक पन्थ निर्वाचित हुनुभएको छ भने नवनिर्वाचित टिमले संघको कार्यतालिका र सदस्यहरूको हितका लागि सक्रिय रूपमा काम गर्ने अपेक्षा गरिएको छ। अधिवेशनमा सहभागी व्यवसायीहरूले आगामी कार्यकालमा संघको विकास र पेशागत क्षमताको वृद्धि सुनिश्चित गर्न सबैको सहकार्य आवश्यक हुनेमा जोड दिएका छन्।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


