काठमाडौं- नयाँ हास्य सिरियल ‘रुम कि हासुम्’ को पहिलो एपिसोड सार्वजनिक भएको छ। EH Digital युट्युब च्यानलमार्फत प्रसारण भएको यस एपिसोडमा कलाकार निरमल श्रेष्ठ, कल्याण अधिकारी, सुजन गौतम, बीरसिंग बुढाथोकी र राजन गायकको अभिनय देख्न सकिन्छ।
सिरियलको छायांकन कबिर ओल्डले गरेका छन् भने लाइटको जिम्मेवारी राजन सुवेदीले सम्हालेका छन्। सम्पादन पनि कबिर ओल्डले नै गरेका हुन्।
यस सिरियलको अवधारणा, कथा तथा निर्माण कार्य कल्याण अधिकारीले गरेका हुन्। कथा लेखनमा सुजन गौतम, निरमल श्रेष्ठ र कल्याण अधिकारीको संयुक्त योगदान छ भने निर्देशन पनि उनीहरूकै जिम्मेवारीमा रहेको छ।
कल्याण अधिकारीले भने, “यो सिरियल समाजले खोजेको र अहिले दर्शकले हेर्न चाहने जस्तो बनेको छ। हामी सबैले मेहनत गरेका छौं दर्शक हसाउने र दर्शकको मन जित्नेमा विश्वस्त छौं। अब पहिलो एपिसोड आईसकेको छ, अब भने दर्शकको हातमा छ हामीले कस्तो काम गरेकाछौ दर्शकले नै मूल्याङ्कन गर्नेछन ।


