काठमाडौं- गोलि चलाएर निहत्था साना भाइबहिनीलाई मार्नेहरूमाथि कडा कारबाही हुनैपर्छ। तर आन्दोलनको नाममा प्रहरीलाई आक्रमण गर्ने, हतियार खोस्ने, ढुङ्गा प्रहार गर्ने, सरकारी कार्यालय तोडफोड गर्ने र लुटपाट गर्नेहरूमाथि पनि निष्पक्ष छानबिन र न्यायिक कारबाही हुनैपर्छ।
यो केवल काठमाडौ मात्र होइन — गाउँगाउँमा पनि पार्टीका कार्यकर्ता र स्थानीय नेताहरूले सरकारी कार्यालय जलाउने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने घटना देखिएका छन्। यस्ता क्रियाकलाप स्वार्थ र विभाजनबाट प्रभावित छन्। तिनको पहिचान गरी कानुनको दायरामा ल्याउनु आवश्यक छ। यदि यस्ता घटना रोकिएन भने आन्दोलनप्रति जनताको विश्वास कमजोर हुन्छ।
Gen-Z पुस्ता भनिरहे हामी शान्तिपुर्ण आन्दोलनमा छौ तर पाटिका भरौटे कार्यर्ता छिरेर आन्दोल लाई अर्कै रुप दिए तपाईं हामी यसमा जानकार छदै छौ। नयाँ पुस्ता इमान्दार र शान्तिपूर्ण आन्दोलन चाहन्छ। त्यसका लागि आन्दोलनमा घुसपैठ गर्ने र स्वार्थका लागि आन्दोलन बिगार्ने समूहलाई कानुनको दायरामा ल्याउनु जरुरी छ। सबै घटना निष्पक्ष अनुसन्धानबाट हेर्नुपर्छ — भिडलाई उक्साउने र आन्दोलन बिगार्ने क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई पनि कार्वाही गर्नै पर्छ ।
कानुन सबैका लागि सामान हुन्छ भन्ने मात्र होइन, अब समान छ भन्ने पनि देखाउनुपर्ने छ महसुस गराउनु पर्ने छ। प्रहरीसहित सबै गल्ती गर्नेलाई छोड्नु हुँदैन, कानुनको दायरामा ल्याउनु पर्छ।
प्रहरिलाई कानुनअनुसार कारबाही हुनुपर्छ; त्यस्तै आन्दोलनकै नाममा हिंसा र सार्वजनिक सम्पत्ति नष्ट गर्ने र लुटपाट गर्नेहरूलाई पनि कानुनले कारबाही गर्नुपर्छ। उन्मुक्ति दिनु हुन्न आगामी सरकारले यी घटनामा ढिलाइ नगरी कडा र निष्पक्ष छानबिन गरि निर्णय गर्नुपर्छ, ताकी अबसरबादिहरुको मनबोल नबढोस र भविष्यमा हिंसा कम गराउनु नै पर्छ।
आन्दोलनको क्रममा घाइते, अपाङ्ग वा सहिद परिवारप्रति समाज र राज्यले पूर्ण सहयोग पुर्याउनुपर्छ। उनीहरूको उपचार, आर्थिक सहयोग र भविष्य सुरक्षित गर्न प्राथमिकता दिनुपर्छ।
साथै, २०४६ पछि उच्च पदमा बसेका र नेता मन्त्रीहरुको गलत तरिका बाट सम्पत्ति आर्जन गरेका सबै व्यक्तिहरूको निष्पक्ष छानबिन हुनुपर्छ। आवश्यक परे कानुनअनुसार उनीहरूको सम्पत्ति राज्यको नाममा ल्याउन सकिने व्यवस्था मिलाइनु पर्छ।
अन्त्यमा, प्रहरी, आन्दोलनकारी, नेता वा स्थानीय पार्टीका कार्यकर्ता — सबैलाई समान रूपमा कानुनको दायरामा ल्याउनु पर्छ। यही मात्र देशमा न्याय र सुशासन कायम हुने मार्ग हो।


