काठमाडौं- बर्सौदेखि देश चलाईरहेका, अदालत चलाई रहेका अनि सरकारी कार्यलय चलाईरहेका भित्र बाट दोशी निकाल्नु पर्छ । जस जसले बदमासी गरेको छ, पदको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको, त्यस्ता व्यक्तिलाई कहिले कारबाहीको दायरामा लेराउलान् भन्ने जनताको कौतुहलता छ। तर अहिले अन्तरिम सरकारले यस्ता कामहरु गर्न सक्ला कि नसक्ला भन्ने दुबिधा बढ्दो छ, किनकि अझै मन्त्री मण्डलले पूर्णता पाएको छैन।
अहिलेसम्म जति मन्त्री पायो, देश परिवर्तनका लागि सक्षम र केही नयाँ गर्न सक्ने पायो। तर अब अन्तरिम सरकारको समय छोटो छ, धेरै गर्नु छ। दिन होइन, घण्टाको महत्त्व राखेर काम गर्नु पर्ने दबाब पनि उस्तै छ। दलगत राजनिती गर्नेहरु बाहिर मात्र निस्किएका छैनन्, उनीहरुले यो पुस्तालाई चुनौती नै दिन थालिसके। अनि चुनावी प्रणाली नफेरिने हो भने फेरि पुराना दलकै रजगज देखिन्न भन्न सकिन्न।
यति ठूलो आन्दोलन भए, नेता भागाभाग भए, सरकारी र व्यक्तिगत सम्पत्ति नष्ट गरियो, ध्वस्त पारियो। अब यो अवस्थाबाट देशलाई माथि उठाउन सबै लाग्नु पर्छ। अहिले पनि नबुझेर अझै जनता मूर्ख रहे, अझै देश बिग्रने अवस्थामा पुग्ने निश्चित छ। देशलाई समृद्ध बनाउन नीतिनियम र लागू गर्ने संयन्त्र अझै निर्मम भएर लाग्नु पर्ने छ र जनता पनि सचेत रहनु पर्ने देखिन्छ।
भ्रष्टाचार बढ्नु नेताको कर्मचारीको मात्र गल्ती होइन, हामी जनताको पनि उतिकै गल्ती छ। गलत हो भनेर जान्दा जान्दै भोट परिबर्तन गर्न सकेनौं। र यी नेताभन्दा राम्रो भएको दल पनि कुनै ननिस्केर होला सायद। नयाँ र केही गर्छु भन्ने रास्वपालाई विश्वास गरे, तर केही समयमै पार्टीभित्रको एकल निर्णय र पार्टीलाई लोकतान्त्रिक बनाउन नसक्नु र नेताहरुको गल्ती र कमजोरीले विश्वास घट्दो छ।
अब देश नयाँ बनाउन नयाँ नेतृत्व सहित नयाँ दलको जन्म हुन जरुरी छ। र जनता एक भएर लाग्नु पर्ने बेला आएको छ। अब पनि अब्बल र सक्षम व्यक्ती चुनिएन भने देशको अवस्था बिकराल हुने निश्चित छ। अब यो सरकारले चुनाव गराउने कुरा त प्रमुख रह्यो नै, तर देशको अर्थतन्त्र सहित विद्यमान समस्याको समाधानका लागि पनि कदम चाल्नुपर्ने छ।
आन्दोलनमा सहिद हुने प्रहरीहरु कस्ले किन घुसपैठ गरेर यस्तो अवस्था आयो, यसको छानबिन गरी कारबाही गर्नु पनि उतिकै चुनौती छ। भ्रष्टाचार गरेका र नेताको घरबाट वातावरण नै प्रदूषण हुने गरी जलेका पैसाको डङ्गुरले गिज्याईरहेको यो अवस्थामा आट गरेर अगाडि बढ्नु उतिकै चुनौती रहेको देखिन्छ।
सरकार असफल बनाउने खेल खेल्ने, दलिय भागबाट बढुवा भएका कर्मचारीहरु सक्रिय रहन्छन्, तिनलाई चिनेर बेलैमा कारबाही गर्नु पनि उतिकै असजिलो छ। अब देशले काजुली फेर्नु पर्छ। यो ६ महिना गर्ने हरुका लागि धेरै समय हुन सक्छ, धेरै परिवर्तन हुन सक्छ। व्यक्तिले जस पाउला भनेर खुट्टा नतानौं, देशले मुहार फेर्ने बेला यो त्यो नभनौं, सबै एक भएर अगाडि बढौं। विश्व सामु नेपाल भन्ने देश बलियो र समृद्ध भएको देखाऔं।
साच्चिकै नेपाल र नेपालीप्रति माया भएका र परिवर्तनको पक्षमा उभिने हो भने पुराना पार्टीहरूभित्र पनि सक्षम र इमानदार युवा नेता नेतृत्वमा आउनु पर्छ। पार्टीलाई पुनर्गठन गरेर भ्रष्टाचारिहरूलाई दलगत राजनीति बाट निष्कासन मात्र नभई निषेध गर्ने आटका साथ अगाडि बढे जनताले विश्वास गर्ने वातावरण निर्माण सक्नु पर्छ।


