काठमाडौँ, ३ असोज- अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको थानकोट प्रहरी कार्यालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेका छन्।
गिरीले आफ्नै जन्मथलो काठमाडौँको थानकोट चेकपोस्टस्थित प्रहरी कार्यालयमा पुगेर ५ लाख रुपैयाँ सहयोग गरेका हुन्। उक्त सहयोग उनले थानकोट प्रहरी कार्यालयका डीएसपी एलिजा गिरीलाई हस्तान्तरण गरेका छन्।
सहयोग कार्यक्रममा बोल्दै गिरीले आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिको मर्मत र पुनर्निर्माण सबैको सामूहिक जिम्मेवारी भएको बताए।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


