मनहरी–९, मकवानपुरमा जन्मिएका अभिषेक अधिकारी सानै उमेरदेखि क्रिकेटमा अत्यन्त रुचि राख्थे। विद्यालय र कलेज जीवनभर निरन्तर खेल्दै आएका उनी Medium Fast Bowler का रूपमा स्थानीय स्तरमै उत्कृष्ट खेलाडीको सूचीमा पर्न सफल भएका थिए ।
१२ कक्षा सकेपछि उच्च शिक्षा र परिवारको इच्छा पूरा गर्न अभिषेक विद्यार्थी भिसामा जापान प्रस्थान गरे। विदेशको व्यस्तता—काम र पढाइबीच पनि उनले क्रिकेटप्रतिको लगाव घटाएनन्। समय मिलाएर अभ्यास गर्दै प्रतियोगितात्मक खेलहरूमा सक्रिय रहँदै आएका उनी हाल जापानस्थित रोयल ओसाका क्लबबाट खेल्दैछन् ।
जापानको स्थानिय स्तरमा भएको खेलमा अभिषेकले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्लबलाई जित दिलाउन निर्णायक भूमिका निर्वाह गरेका छन्। उनका बलियो बलिङ र टिमको एकताको कारण क्लबले जीत हासिल गरेको छ। उनका प्रदर्शनले जापानमा बस्ने नेपाली क्रिकेटप्रेमीहरूमा गर्वको भावना जागृत गरेको छ ।
विदेशमै रहँदा पनि आफ्नो खेललाई निरन्तरता दिने अभिषेक अधिकारीले नेपाली युवा तथा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेका छन्।


